काठमाडौं, २५ कार्तिक । तेस्रो साफ महिला फुटबल च्याम्पियनसिप आजबाट पाकिस्तानको ईस्लामाबादमा सुरु हुँदैछ । नेपालले आफ्नो पहिलो खेलमा भोली भुटानको सामना गर्नेछ ।
नेपालको सिनियर महिला टोलीले भुटानसँग खेल्न लागेको यो पहिलो अवसर हो । हिजो सार्वजनिक गरिएको खेल तालिका अनुसार समुह बी मा नेपालसँगै भुटान, पाकिस्तान र श्रीलंका रहेका छन् ।
यसैगरी समुह ए मा साविक विजेता भारत, अफ्गानिस्तान , बंगलादेश र माल्दिभ्स रहेका छन् । प्रतियोगिताको यसअघिका दुई संस्करणको फाईनलमा भारतसँग हारेको नेपाल यसपटक उपाधि जितेर फर्कने लक्ष्यका साथ पाकिस्तान पुगेको छ ।
कैलाली, २५ कार्तिक । नेपाल राष्ट्र बैंकका गभर्नर डाक्टर युवराज खतिवडाले वित्तीय सेवा गरिब जनताको पहुँचसम्म पु¥याउनु चुनौती रहेको बताउनु भएको छ ।
धनगढीस्थित वित्तीय संस्थाका प्रमुख र व्यवसायीहरूसँग भएको छलफलमा खतिवडाले वित्तीय सेवालाई फराकिलो बनाउँदै गरिव जनताको पहुँसम्म पुर्याउनु अझै चुनौती रहेको बताउनु भएको हो । उहाँले समावेशी वित्तीय प्रणाली अपनाएर अघि बढ्नसके वित्तीय सेवाको जग बलियो हुने बताउनुभयो ।
गभर्नर खतिवडाले भारतीय एक हजार र पाँचसयका नोट नेपालमा भित्रिन दिने तयारी भइरहेको बेला त्यसलाई लक्षित गर्दै आफ्नो कार्यकालमै यसको टुङ्गो लाग्ने जानकारी दिनुभयो ।
नेपालबाट युवाहरु धमाधम बिदेशी रहेको अवस्थामा युवाहरुलाई रोजगारी र छाला जुत्तामा नेपाललाई आत्मानिर्भर बनाउने उदेश्यका साथ स्थापना भएको छाला जुत्ता तथा बस्तु उत्पादक संघको आयोजनामा राजधानीमा दशौ राष्ट्रिय प्रदर्शनी भइरहेको छ । त्यसैभीडमा भेटिएका ओखलढुंगाका बृद्ध भैरवबहादुर श्रेष्ठ स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने बताउछन् । अहिले नेपालमा छालाजुत्ताको मागको ५५ प्रतिशत स्वदेशी उत्पादनले पुरा गरिरहेको छ । अझैपनि ४५ प्रतिशत छालाजुत्तामा बिदेशीहरुको मुख ताक्नु पर्ने अवस्थामा रहेको छ ।
प्रदर्शनीमा नेपालमा चर्चित देखी भर्खरै आफूलाई स्थापित गराउने धुनमा रहेका कतिपय कम्पनीहरुका गरी करिव ७५ वटा कम्पनीका ९० वटा भन्दा बढि स्टलहरु रहेका छन् । त्यहा मानिसहरु छालाजुत्ता किनमेलदेखी अवलोकनका लागि समेत पुगेका भेटिन्थे । बाँसबारी छालाजुत्ताको अवसानसंगै बिदेशी कम्पनीहरुको हातमा पुगेको बजारलाई आफ्नो बनाउनका लागि सुरु भएको छालाजुत्ताको व्यवसायिक उत्पादन र त्यसको कच्चा पदार्थको उत्पादनमा समेत अहिले नेपाल आत्मानिर्भर बन्दै गएको छालाजुत्ता तथा बस्तु उत्पादक संघका महासचिव कृष्ण फुयाल बताउँछन् ।
नेपालमा हरेक प्रकारका उद्योगहरु स्थापना हुने भएपनि तिनीहरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने सरकारी नीति स्पष्ट नहुदा उद्योगीहरु अन्योलमा पर्ने गरेका छन् भने व्यवसाय समेत आत्मानिर्भरताको बाटोमा जान सकिरहेको छैन । अहिले सरकारले कच्चा पर्दार्थ आयातमा सहुलियत दिने हो भने उद्योगलाई निरन्तरता दिन र छाला जुत्तामा आत्मानिर्भर बनाउन सहयोग पुग्ने प्रदर्शनीका संयोजक एवं छाला जुत्ता तथा बस्तु उत्पादक संघका महासचिव फुयाल बताउछन् ।
जस्ता बस्तुहरु उत्पादन गरेपनि त्यसले निरन्तरता पाउनका लागि ग्राहकहरुको मन जित्न सक्नुपर्ने हुन्छ । जसले जस्तो योजना बनाएपनि त्यसलाई उपभोत्ताले मन पराएनन् भने त्यसले निरन्तरता पाउन सक्दैन । नेपाली बस्तुलाई किन र के आधारमा उपयोग गर्ने, सस्तो, राम्रो, आकर्षक भएर वा नेपाली हो लगाईदिनुपर्छ भनेर भन्ने कुरामा उत्पादकहरु स्पष्ट हुन जरुरी छ । यदी आकर्षक र बलियो बनाउन सकिएन भने नेपाली हो लगाउनुपर्छ भन्ने भावनाले मात्र उद्योगलाई टिकाउन सकिदैन । त्यसका लागि सरकारी नीति, सबैको सहयोग र आत्मविश्वासको आवश्यक छ ।


